शुक्रबार, जेठ २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  •  इजरायली सेनाद्वारा गाजामा मुख्य सडकमा गुडिरहेका गाडीमाथि गोली प्रहार 

 इजरायली सेनाद्वारा गाजामा मुख्य सडकमा गुडिरहेका गाडीमाथि गोली प्रहार 

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

काठमाडौं- इजराली सेनाका ट्यांकले गाजाका मुख्य सडकहरुमा गुडिरहेका गाडीहरुमाथि गोली प्रहार गर्न थालेको छ। गाजा स्ट्रिपमा उत्तरबाट दक्षिणतर्फ गइरहेका गाडीमा इजरायली ट्यांकले गोली प्रहार गर्न थालेको बीबीसीले जनाएको छ। 

National life

बीबीसीले भनेको छ, 'एक पुष्टि गरिएको भिडियोमा देखाइ अनुसार सलाह-अल-दीन सडकमा उत्तर दिशाबाट दक्षिणतर्फ गुडीरहेको कारमाथि इजरायली सेनाका टयांकले गोली प्रहार गरेको छ।' 

यसले इजारली सेना गाजाको मुख्य सहरमा प्रवेश गरिसकेको स्पष्ट हुन्छ। यद्पि इजरायली सेनाले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन। गाजा सहरको दक्षिणी क्षेत्र जायतुन जिल्लाबाट इजराली सेना प्रवेश गरेको एएफपीले जनाएको छ। 

'इजरायली सेनाले सलाह-अल-दीन सडकमा गुड्ने जुनसुकै गाडीहरुमाथि गोली हानेका छन्,' आफ्नो नाम नखुलाउने एक स्थानीयले बीबीसीलाई भने। 

हमास समूहले ७ अक्टोबरमा इजराली सीमा क्षेत्रमा आक्रमण थालेपछि इजरालले जवाफी कारबाही थालेको हो। इजारलले युद्धको घोषणा गर्दा हमासलाई समाप्त पार्ने बताइरहेको छ। 

Shivam cement

प्रकाशित: Oct 30, 2023| 17:34 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्