मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • यातायात मन्त्रीको दाबी- सरकारको सक्रियताले दसैंमा ठूलो दुर्घटना भएन

यातायात मन्त्रीको दाबी- सरकारको सक्रियताले दसैंमा ठूलो दुर्घटना भएन

 |  सोमबार, कात्तिक १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

vianetvianet

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले तीनै तहका सरकारको सक्रियताका कारण यो वर्षको दसैंमा ठूला सडक दुर्घटना नभएको दाबी गरेका छन्।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री ज्वालाले यस्तो बताएका हुन्।

उनले ठूलो दुर्घटना नहुने गरी दसैंमा गाउँघर जाने यात्रुहरुलाई यातायात व्यवस्था सहज बनाउन सफल भएकोमा सरकार सन्तुष्ट रहेको बताए। उनले सडक पूर्वाधार र यात्रु ठगिने समस्या समाधान गर्न स्थानीय र प्रदेश सरकारको पनि महत्त्वपूर्ण भूमिका हुने भन्दै यस वर्ष यातायात व्यवस्था सहज हुन सकेको उल्लेख गरे। विगतमा भन्दा पछिल्लो समय यात्रुसमेत सचेत रहेकाले तत्काल समस्याको सूचना आउने भएकाले पनि समस्या समाधान गर्न सहज भएको उनको भनाइ थियो।

मन्त्री ज्वालाले यातायात व्यवस्था सहज बनाउन मिडियाले पनि सहयोग गरेको उल्लेख गरे। उनले यो वर्षको दसैंमा सबैतिरको सचेतता र सक्रियताले गर्दा यात्रुहरुलाई सहज रुपमा गाउँघर पुग्ने र काठमाडौं फर्कने वातावरण बनेको बताए।

प्रकाशित: Oct 30, 2023| 16:10 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्