शुक्रबार, जेठ २२, २०८३

कोइला अभावमा हेटौं‌डा सिमेन्ट उद्योगको उत्पादन बन्द

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

मकवानपुर- हेटौंडा सिमेन्ट उद्योगले आर्थिक संकटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन सोमबारदेखि बन्द गरेको छ। सो उद्योगमा मासिक तीन हजार छ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ। उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादशैंको बिदा हुनुअघिसम्म सो उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिए।

National life

उनले आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएको हुँदा सिमेन्ट उत्पादन बन्द गरिएको बताए। उनले आर्थिक संकटबारे संघीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने बताए।

कुल तीन लाख बोरा सिमेन्ट काठमाडौंलगायतका विभिन्न सहरमा बिक्री वितरण तयारी गरिएको र यसको आम्दानी कोइला खरिद लगाइने उद्योगले जनाएको छ।

चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिनाइ भएको र उत्पादित सिमेन्ट सबै सहरमा बिक्री वितरण गर्न समस्या भएको जनाइएको छ।

कोइला खरिद गरी ल्याइएपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने भएको उनले बताए। २०३३ सालमा लामसुरेमा स्थापित सो उद्योगले २६ मंसिर २०४३ सालदेखि व्यावसायिकरुपमा उत्पादन सुरुवात गरेको थियो। सो उद्योगमा करिब तीन सय ९० कर्मचारी कार्यरत रहेका छन्।

Shivam cement

प्रकाशित: Oct 30, 2023| 21:21 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्