शुक्रबार, जेठ २२, २०८३

बारामा गोली लागेका स्कुल सञ्चालकको निधन

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०
National life
Shivam cement

अज्ञात समूहको गोली लागेर घाइते भएका स्कुल सञ्चालक रुपेश सराफको उपचारको क्रममा निधन भएको छ। आज दिउँसो सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।

सराफको टाउको र छातीमा गोली लागेको थियो। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलस्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल तथा सञ्चालक सराफलाई दुइटा मोटरसाइकलमा आएका चार जना अपरिचित व्यक्तिले गोली हानेका थिए। ३५ वर्षीय सराफ स्कुलबाट मोटरसाइकमा घरतर्फ जाँदै गरेका थिए।

प्रहरीले आक्रमणकारीको खोजी सुरु गरेको छ।

प्रकाशित: Oct 30, 2023| 14:47 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्