शुक्रबार, जेठ २२, २०८३

बारामा बोर्डिङ स्कुलका प्रिन्सिपलमाथि गोली प्रहार

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदरसा टोलस्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल गुड्डु भनिने रुपेश सराफमाथि गोली प्रहार भएको छ। आज दिउँसो करिब १ बजेतिर उनीमाथि गोली प्रहार भएको हो।

National life

दुइटा मोटरसाइकलमा आएका चार जना अपरिचित व्यक्तिले ३५ वर्षीय सराफमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। स्कुलबाट मोटरसाइकमा घरतर्फ जाँदै गरेका सराफमाथि अज्ञात समूहले गोली प्रहार गरेको हो।

उनको छाती र पेटमा दुईवटा गोली लागेको छ। उनलाई सुरूमा कलैयाकै प्रादेशिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगन्जस्थित मेडिसिटी वयोद्धा  हस्पिटल ल्याइएको छ। उनको  अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीले आक्रमणकारीको खोजी सुरु गरेको छ।

 

प्रकाशित: Oct 30, 2023| 14:22 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्