शुक्रबार, जेठ २२, २०८३

पत्रकार सम्मेलनमै बेहोस भइन् भारती

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

योगराज ढकाल (रिगल)को आममाफीविरूद्ध अनसन बस्दै आएकी भारती मानन्धरलाई अस्पताल लगिएको छ। सोमबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलनबीच भारती मानन्धर मञ्चमै बेहोस भएपछि उनलाई वीर अस्पताल लगिएको हो।

National life

पत्रकार सम्मेलनमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराई बोल्दै गर्दा कुर्सीमा बसिरहेकी भारती बेहोस भएकी हुन्। अहिले उनको उपचार जारी छ।

रिगललाई असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए। त्यसअघि उनी भारतीकी श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा दोषी ठहर भई जेल सजाय काटिरहेका थिए।

२०७२ असार २८ गते नेपालगञ्ज-८ का २९ वर्षीय चेतनमाथि खुँडा प्रहार भएको थियो। मानन्धरको मृत्यु पछि रिगल फरार थिए। मानन्धरको हत्या आरोपी रिगल दुई महिनापछि  भदौमा अदालत उपस्थित आत्मसमर्पण गरेका थिए।

प्रकाशित: Oct 30, 2023| 14:19 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्