शुक्रबार, जेठ २२, २०८३

अस्पतालबाट भागेका अभियुक्त समातिए

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०
National life
Shivam cement

दाङमा अस्पतालको शौचालयबाट प्रहरीलाई झुक्याएर भागेका १९ वर्षीय विवेक नेपाली पक्राउ परेका छन्। आज बिहान साढे ९ बजे उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य चेक जाँचको लागि लगिएको थियो। शौचालय जाने भन्दै उनको हतकडी समेत खोलिएको थियो। त्यसैबेला उनी प्रहरीलाई छलेर भागेका थिए।

उनी घोराही-१८ नवलपुरको नाला छेउमा लुकेर बसेको अवस्थामा फेला परेका हुन्। फरार भएका नेपालीलाई खोज्न डिएसपी जनक मल्लको कमान्डमा टोली खटिएको थियो। उनलाई बिहान ११: ४० मा पुन: पक्राउ गरिएको हो।

नेपालीलाई क्षेयरोग भएको आशंकामा अस्पताल लगिएको थियो। घोराही उपमहानगरपालिका–१७ का नेपाली मोबाइल चोरी गरेको अभियोगमा शनिबार पक्राउ परेका थिए।

प्रकाशित: Oct 30, 2023| 13:10 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्