शुक्रबार, जेठ २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • महासचिव गुटेरेसलाई कार्कीको अपिल- कोप-२८ मा नेपाललाई न्याय दिलाइदिनुस्

महासचिव गुटेरेसलाई कार्कीको अपिल- कोप-२८ मा नेपाललाई न्याय दिलाइदिनुस्

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

काठमाडौं- जलवायु परिवर्तनका क्षेत्रमा काम गरिरहेको संस्था साथसाथैका अध्यक्ष प्रजिता कार्कीले नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलाई नेपालमा जलवायु परिवर्तनले पारेको असरको विषयलाई कोप-२८ मा उठाइदिन आग्रह गरेकी छन्।

National life

राष्ट्रसंघमा महासचिव गुटेरेस सोमबार नेपालमा जलवायुले पारेको असरबारे बुझ्‍न सोलुखुम्बुको स्याङबोचे पुगेका छन्। उनी त्यस क्षेत्रबाट फर्किएपछि अन्‍नपूर्ण आधार क्षेत्रमा पुग्‍ने कार्यक्रम रहेको छ।

यही अवसरमा साथसाथैका अध्यक्ष कार्कीले एक भिडियोमार्फत महासचिव गुटेरसलाई सम्बोधन गर्दै जलवायु परिवर्तनले नेपालमा महिला, बालबालिका, अपागं तथा पिछडिएको  समुदाय सबैभन्दा बढी प्रभावित भएको उल्लेख गरेकी छन्।

साथसाथैले हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा 'जलवायु न्यायका लागि महिला एकता' नारासहित यही क्षेत्रमा पदयात्रा गर्ने गरेको छ।

उनले भिडियोमार्फत भनेकी छन्, 'जलवायु परिवर्तनको क्षेत्रमा काम गरिरहेको संस्थाको अध्यक्षको हैसियतमा हामी नेपाललाई जलवायु परिवर्तनको असमान प्रभावका बारेमा सम्पूर्ण राष्ट्रसंघ परिवार र तपाईहरुको ध्यानाकर्षण गराउन चाहन्छौं। तपाईंको स्याङ्‌बोचे भ्रमणले नेपालमा जलवायुले पारेको असरलाई आफ्नै आँखाले देख्‍नुहुनेछ। नेपालको भोगेको चुनौतीलाई अन्तर्राष्ट्रिय मञ्‍च कोप-२८ मा उठाइदिन आग्रह गर्दछौं।'

Shivam cement

प्रकाशित: Oct 30, 2023| 12:28 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्