मंगलबार, असार ३, २०८२

मापसे गरेर ड्युटीका प्रहरी कुटपिट गर्ने १२ जना पक्राउ

 |  सोमबार, कात्तिक १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

vianetvianet

गुल्मीको अर्खाबाङमा मादक पदार्थ सेवन गरेर ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने १२ जना पक्राउ परेका छन्। मालिका गाउँपालिका- ४ अर्खबाङमा दसैंको त्रयोदशीमा दिन भएको सराय मेला सकिएपछि होहल्ला गरेर अशान्ति मच्चाएपछि गस्तीमा पुगेका अर्खाबाङ प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विष्णुबहादुर गाहासहितको टोली घटनास्थल पुगेको थियो।

मदिरा सेवन गरेका युवाहरूको समूहले प्रहरी सहायक निरीक्षक गाहासहितको टोलीलाई अपशब्द बोल्दै आक्रमण गरेको थियो। घटनामा संलग्न मालिका गाउँपालिका- ३ बस्ने ३९ वर्षीय सन्तबहादुर थापा, वडा नं. २ का २७ वर्षीय केशव खड्का, वडा नं. ३ का २४ वर्षीय अनिल थापा, १९ वर्षीय विशाल थापा, २२ वर्षीय विकल्प थापा, वडा नं. ८ का २० वर्षीय साहिल जिसी र वडा नं. ३  ३३ वर्षीय  नरेन्द्र थापा पक्राउ परेका छन्।

त्यस्तै मालिका गाउँपालिका- ३ बस्ने ३१ वर्षीय  भरत थापा, रुपन्देही तिलोत्तमा नगरपालिका- ११ घर भई हाल मालिका गाउँपालिका वडा नं. ६ मा डेरा गरी बस्ने २४ वर्षीय अनिल ठकुरी, मालिका गाउँपालिका वडा नं. ३ बस्ने ४२ वर्षीय नारायण पाण्डेय, १९ वर्षीय विपिन थापा र ३३ वर्षीय गुञ्जबहादुर थापालाई पनि पक्राउ गरी सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Oct 30, 2023| 12:24 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्