बुधबार, फागुन ९, २०८०

सिंगापुरमाथि नेपालको ८ विकेटको जित

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

Metro Mart
worldlink

काठमाडौं- टी–२० विश्वकप फाइनल एसियामा नेपालले सुखद् सुरुवात गरेको छ। आज सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मद्दतमा १६.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो।

प्रकाशित: Oct 30, 2023| 12:06 सोमबार, कात्तिक १३, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्