शुक्रबार, जेठ २२, २०८३

पाँच प्रहरीको आँखा छलेर अभियुक्त फरार

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०
National life
Shivam cement

दाङमा चोरी अभियोगमा पक्राउ परेका एक जना कैदी फरार भएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित स्वास्थ्य जाँचको लागि लगिएको अवस्थामा शौचालय जाने बहानामा १८ वर्षीय विवेक नेपाली फरार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

हिरासतमा राखिएका कैदीलाई क्षयरोगको शंका गरेपछि खकार परिक्षणका लागि प्रतिष्ठानमा लगिएको थियो। पाँच जना सुरक्षाकर्मीसहित अस्पताल लगिएका कैदी भागेपछि उनको खोजी तीव्र पारिएको छ। प्रहरीले चोरी अभियोगमा ती व्यक्तिलाई शनिबार साँझ नियन्त्रणमा लिएको थियो।

 

प्रकाशित: Oct 30, 2023| 11:44 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्