दाङमा चोरी अभियोगमा पक्राउ परेका एक जना कैदी फरार भएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित स्वास्थ्य जाँचको लागि लगिएको अवस्थामा शौचालय जाने बहानामा १८ वर्षीय विवेक नेपाली फरार भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
हिरासतमा राखिएका कैदीलाई क्षयरोगको शंका गरेपछि खकार परिक्षणका लागि प्रतिष्ठानमा लगिएको थियो। पाँच जना सुरक्षाकर्मीसहित अस्पताल लगिएका कैदी भागेपछि उनको खोजी तीव्र पारिएको छ। प्रहरीले चोरी अभियोगमा ती व्यक्तिलाई शनिबार साँझ नियन्त्रणमा लिएको थियो।