तनहुँको भानु नगरपालिका-७ रम्गाटारस्थित जंगलमा अरिंगाल पोल्ने क्रममा अरिंगालले चिलेर दुई जना बिरामी भएकोमा एकको मृत्यु भएको छ। भानु नगरपालिका-४ फलाखेत बस्ने ३२ वर्षीय राजकुमार तामाङको ज्यान गएको हो।
२४ वर्षीय धनबहादुर तामाङ बिरामी छन्। उनीहरू दुबै जनालाई लक्ष्मी अस्पताल डुम्रेमा लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि चितवन मेडिकल कलेज (सिएमसी) मा पठाइएको थियो।
त्यहाँ उपचारको क्रममा सोमबार बिहान सवा ४ बजे राजकुमारको मृत्यु भएको हो। बिरामी धनबहादुरको सोही अस्पतालमा उपचार भइरहेको छ।