शुक्रबार, भदौ २६, २०८३

अरिंगालले चिलेर एक युवकको मृत्यु, एकजना बिरामी

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

तनहुँको भानु नगरपालिका-७ रम्गाटारस्‍थित जंगलमा अरिंगाल पोल्ने क्रममा अरिंगालले चिलेर दुई जना बिरामी भएकोमा एकको मृत्यु भएको छ। भानु नगरपालिका-४ फलाखेत बस्ने ३२ वर्षीय राजकुमार तामाङको ज्यान गएको हो।

२४ वर्षीय धनबहादुर तामाङ बिरामी छन्। उनीहरू दुबै जनालाई लक्ष्मी अस्पताल डुम्रेमा लगिएको थियो। त्यहाँबाट थप उपचारको लागि चितवन मेडिकल कलेज (सिएमसी) मा पठाइएको थियो।

त्यहाँ उपचारको क्रममा सोमबार बिहान सवा ४ बजे राजकुमारको मृत्यु भएको हो। बिरामी धनबहादुरको सोही अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित: Oct 30, 2023| 11:40 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्