बुधबार, भदौ १७, २०८३

नेपाललाई सिंगापुरले दियो १४६ रनको लक्ष्य

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

नेपालले ट्वान्टी २० विश्वकप छनोट एसिया क्षेत्रमा सिंगापुरविरुद्धको खेल जित्न १४६ रनको लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरले टस जितेपछि ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाई १४५ रन बनाएको हो।

नेपालले यो लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको छ। विश्वकप एसिया क्षेत्रको छनोटमा ८ राष्ट्र सहभागी छन्। नेपाल र सिंगापुरसहित समूह ‘ए’ मा मलेसिया र ओमान तथा समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत र बहराइन छन्।

समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन्। फाइनलमा पुग्ने दुई टोली जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकपमा प्रवेश पाउने छ।

प्रकाशित: Oct 30, 2023| 11:35 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्