भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन्।
बीबीसीका अनुसार आन्ध्र प्रदेशको विजयनगरममा आइतबार राति दुघर्टना भएको हो। विशाखापट्टनम–पालासा यात्रुबाहक रेल र विशाखापट्टनम रायगढा यात्रुबाहक रेल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएकाहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।