शुक्रबार, जेठ २२, २०८३

चारजनाको हत्या भएको मुगु घटना: शंकास्पद एक पक्राउ

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

मुगुमा तीन बालबालिकासहित चार जनाको हत्या भएको घटनामा प्रहरीले शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ जारी राखेको छ। पक्राउ परेकाको नाम र ठेगाना भने प्रहरीले खुलाएको छैन। 

National life

अहिलेसम्म घटनाको विषयमा कुनै 'क्लु' भने पत्ता लागेको छैन। तालिम प्राप्त कुकुर, प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली र जुम्लाबाट पनि अनुसन्धानको विशेष टोली खटिएको छ। अनुसन्धानलाई सघाउन डीआईजी भीमप्रसाद ढकाल पनि घटनास्थलमा पुगेका छन्।

शुक्रबार छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो।

घटना बुधबार बेलुका नै घटेको भए पनि प्रहरीले ढिला गरी थाहा पाएको थियो। शनिबार शव जिल्ला अस्पतालमा ल्याइएको भए पनि पोस्टमार्टम भएको छैन।

प्रकाशित: Oct 30, 2023| 09:45 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्