शुक्रबार, जेठ २२, २०८३

सशस्त्र झडपमा चार लुटेराको मृत्यु 

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा आइतबार प्रहरी र अपराधी एक समूहबीच सशस्त्र झडप हुँदा लुटमा संलग्न कम्तीमा चार आक्रमणकारीको मृत्यु भएको छ। 

National life

घटनामा अन्य तीन जना घाइते भएका छन्। अपराधीहरूसँगको सशस्त्र झडपमा दुई प्रहरी घाइते भएका छन्।

'शहरमा नियमित गस्ती गरिरहेका बेला प्रहरीले उक्त गिरोहले एक सर्वसाधारणलाई लुटिरहेको देखेपछि प्रहरीले उनीहरूलाई नियन्त्रण लिने प्रयास गरेको तर प्रहरीसँगबाट भाग्न उनीहरूले गोली चलाएको र प्रहरीले गरेको जवाफी कारबाहीमा उनीहरू चार नै जनाको मृत्यु भएको हो,” प्रहरीद्वारा जारी एक विज्ञप्तिमा उल्लेख गरिएको छ।  

घटनामा एक जना प्रहरी, लुटपाटमा परेका नागरिक र एक जना पैदल यात्री घाइते भएका छन् र उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ।

अपराधीहरूको पहिचान उनीहरूको व्यक्तिगत सामानबाट पत्ता लगाउने काम भइरहेको विज्ञप्तिमा उल्लेख छ।    प्रहरीले उनीहरूको साथबाट चार थान पेस्तोल र दर्जनौँ मोबाइल बरामद गरेको छ। 

Shivam cement

शनिबार राति शहरमा अपराधीहरूसँग गोली हानाहान हुँदा दुई जना प्रहरी घाइते भएका थिए। 
 

प्रकाशित: Oct 30, 2023| 08:20 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्