शुक्रबार, जेठ २२, २०८३

भारतले तोक्यो प्याजको न्यूनतम निर्यात मूल्य

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

भारत सरकारले प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न प्याजको निर्यातमा प्रतिटन न्यूनतम ८०० अमेरिकी डलरको निर्यात मूल्य अधिसूचित गरेको अधिकारीहरूले आइतबार बताएका छन्।

National life

घरेलु बजारमा प्याजको उपलब्धता कायम राख्न पनि यो कदम चालिएको अधिकारीहरूले बताएका छन्। संघीय उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयका अनुसार यो सूचना आइतबारदेखि लागू हुनेछ र डिसेम्बर ३१ सम्म लागू हुनेछ।

उक्त निर्णयसँगै सरकारले प्याजको मूल्य स्थीर राख्न विदेशबाट थप दुई लाख टन प्याज खरिद गर्ने घोषणा गरेको छ भने पाँच लाख टनभन्दा बढी प्याज खरिद भइसकेको मन्त्रालयले जनाएको छ।

पछिल्लो दुई सातामा भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको समाचारमा जनाइएको छ।

प्रकाशित: Oct 30, 2023| 08:19 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्