शुक्रबार, भदौ २६, २०८३

पार्कमा रहेको तालमा डुबेर पाँच बालबालिकाको मृत्यु

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

पश्चिमी केन्याको उसिन गिशु काउन्टीस्थित एक लोकप्रिय मनोरञ्जन पार्कमा मनोरञ्जनका लागि बनाइएको तालमा घुम्ने क्रममा शनिबार डुङ्गा पल्टिँदा केन्याका पाँच बालबालिकाको मृत्यु भएको छ।

प्रहरीका अनुसार अराप मोई प्राथमिक विद्यालयका विद्यार्थी र उनीहरूका शिक्षकहरू मानव निर्मित बाँधमा डुङ्गा यात्राका लागि पार्कमा गएका थिए। डुङ्गा दुर्घटना स्थानीय समय अनुसार शनिबार साँझ ५ बजेतिर भएको थियो। 

प्रहरीका अनुसार आक्रोशित अभिभावकले पार्कको लापर्बाहीका कारण आफ्ना छोराछोरीको मृत्यु भएको भन्दै प्रदर्शन गरेपछि उक्त क्षेत्रमा थप तनाव सिर्जना भएको छ। 

प्रहरीका अनुसार सोमबारदेखि सुरु हुने परीक्षाको तयारी पूर्व दिमागी तनाव कम गर्न विद्यार्थीहरू मनोरञ्जन पार्कमा पुगेका थिए।
 

प्रकाशित: Oct 30, 2023| 08:18 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्