शुक्रबार, भदौ २६, २०८३

इजरायलमा थप तीन नेपाली विद्यार्थीको शव पहिचान

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

दक्षिणी इजरायलको किबुचमा प्रशिक्षणमा रहेका बेला आतङ्कवादी समूह (हमास) को आक्रमण परी ज्यान गुमाएका तीनजना नेपाली विद्यार्थीको शव पहिचान भएको छ। 

तेलअबिबस्थित नेपाली राजदूतावासका अनुसार आक्रमणमा ज्यान गुमाएका पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव आज पहिचान भएको हो। योसँगै आठजना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको छ। बाँकी दुईजनाको शव पहिचानका क्रममा रहेको छ। 

इजरायल सरकारले उपलब्ध सम्पूर्ण संयन्त्रको प्रयोग गरी सम्पर्कविहीन भएका विपिन जोशीको खोजी जारी रहेको दूतावासलाई जानकारी दिएको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। 

हमासको आक्रमणमा परी घाइते भएका चारजना विद्यार्थीमध्ये दुईजनालाई अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको छ। डिस्चार्ज गरिएकामध्ये एकजना नेपाल आइसकेका र अर्का एकजना दूतावासको रेखदेखमा रहेका छन्। साथै अन्य दुईजनाको इजरायलमा उपचार भइरहेको छ। 

प्रकाशित: Oct 30, 2023| 08:18 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्