आइतबार, वैशाख १३, २०८३

विश्वकप एसिया छनोट आजदेखि, सिंगापुरसँग खेल्दै नेपाल 

 |  सोमबार, कात्तिक १३, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १३, २०८०

आइसिसी टी-२० विश्वकप २०२४ का लागि एसिया छनोट खेल आजदेखि काठमाडौंमा सुरू हुँदैछ।

National life

एसिया क्षेत्र छनोटमा ८ देश सहभागी छन्। ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल, सिंगापुर, ओमान र मलेसिया समूह ‘ए’ मा छन् भने युएई, बहराइन, हङकङ र कुवेत समूह ‘बी’मा छन्।

समूह ‘ए’ का सबै खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेलाइने छ भने समूह ‘बी’का सबै खेल मुलपानी क्रिकेट मैदानमा खेलाइने छ। आज समूह ‘ए’ र ‘बी’ का एक-एक खेल हुँदैछन्।

समूह ‘ए’बाट नेपाल र सिंगापुरले पहिलो खेल हुँदैछ। कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि खेल सुरू हुनेछ।

एसिया कप, एसियाली खेलकुद र भर्खरै त्रिदेशीय टी-२० सिरिजमा गरेको प्रदर्शनबाट नेपाल यसपालि विश्वकपमा छनोट हुने सम्भावना बलियो छ। विश्वकप छनोट सुरू हुनुअघि आइतबारको पत्रकार सम्मेलनमा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले यसपालि नेपालले बलियो आत्मविश्वासका साथ खेल्ने बताएका थिए।

kumari

नेपालले भोली कुवेतसँग नोभेम्बर २ मा मलेसियासँग खेल्नेछ। नेपालले सन् २०१२ युएईमा भएको विश्व छनोट खेलेको थियो। त्यतिबेला नेपाल सातौं भएको थियो।

नेपालले सन् २०२४ को विश्वकपमा छनोट हुन यसपटक लागि चार टिम सम्मिलित समूहमा सुरूमा शीर्ष दुईमा पर्नु पर्ने हुन्छ। त्यसपछि हुने सेमिफाइनलमा जित हात पारे नेपालले १० वर्षपछि विश्वकप खेल्नेछ।

नेपाली टिम 
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनास बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी, विनोद भण्डारी।
 

प्रकाशित: Oct 30, 2023| 08:16 सोमबार, कात्तिक १३, २०८०
प्रतिक्रिया दिनुहोस्