बिहीबार, वैशाख १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जापानमा ६० प्रतिशतले रुघाखोकीको औषधी एन्टिबायोटिक भन्ने गलत धारणा राख्छन् : सर्वेक्षण

जापानमा ६० प्रतिशतले रुघाखोकीको औषधी एन्टिबायोटिक भन्ने गलत धारणा राख्छन् : सर्वेक्षण

 |  आइतबार, कात्तिक १२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०

टोकियो- जापानमा करिब ६० प्रतिशत मानिसले रुघाखोकीको उपचारमा एन्टिबायोटिक प्रभावकारी हुन्छ भन्ने गलत धारणा राख्ने गरेको पाइएकोे छ। 

National life

हालै गरिएको एक सर्वेक्षणलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले आइतबार सम्प्रेषित समाचार अनुसार ५०० जनामा गरिएको एक अनलाइन सर्वेक्षणमा करिब ५६ प्रतिशतले एन्टिबायोटिकले रुघाखोकी निको पार्न सक्ने बताएका थिए। विद्यालय जानु पहिलेका बच्चाका करिब ६७ प्रतिशत अभिभावकले यो औषधिले भाइरससँग लड्न सक्ने विश्वास व्यक्त गरेका थिए।

सामान्य रुघाखोकी र इन्फ्लुएन्जा दुवै भाइरल संक्रमण हुन्, जसको अर्थ एन्टिबायोटिक्स अप्रभावी उपचार हो।

अर्को एक सर्वेक्षणमा १५ वर्ष वा सोभन्दा बढी उमेरका करिब ६३ प्रतिशत मानिसले एन्टिबायोटिकले भाइरल सङ्क्रमण निको पार्न सक्ने विश्वास व्यक्त गरेका छन्।

टोकियोस्थित नेसनल सेन्टर फर ग्लोबल हेल्थ एन्ड मेडिसिनको सेन्टर हस्पिटलका अनुसार घाँटी दुख्ने वा सिँगान बग्ने समस्यापनि उस्तै छ।

kumari

इन्फ्लुएन्जा, रुघाखोकी र कोभिड–१९ एन्टिबायोटिकले उपचार गर्न सक्ने प्रमुख तीन भाइरस भएको अस्पतालले जनाएको छ।

चिकित्सा विशेषज्ञहरूले एन्टिमाइक्रोबियलको दुरुपयोग र अत्यधिक प्रयोगले एन्टिमाइक्रोबियल प्रतिरोध बढाउन सक्ने चेतावनी दिएका छन् जसले संक्रमणसँग लड्न कठिन वा असम्भव बनाउँछ।

जापान सरकारले एन्टिमाइक्रोबियल प्रतिरोधातमक शक्तिलाई लिएर चिन्ता व्यक्त गरेको छ, जसलाई चिकित्सकहरूले ‘मौन महामारी’ का रूपमा अथ्र्याउने गरेका पाइन्छ। 

प्रकाशित: Oct 29, 2023| 18:40 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्