शुक्रबार, जेठ २२, २०८३

एमाले नेताहरु चढेको गाडी पल्टियो

 |  आइतबार, कात्तिक १२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०
National life
Shivam cement

काठमाडौं- नेकपा एमालेका नेताहरु चढेको गाडी  काभ्रेमा दुर्घटनामा परेको छ। एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामा, नेता रामहरि सुवेदी, प्रदेश नेतृ भक्तकुमारी लामासहित नेताहरु रहेको बोलेरो गाडी काभ्रेको बेथानचोक–१ मा पल्टिएको हो।

बा १४ च ७०७७ नम्बरको बोलेरो गाडी बेथानचोक नजिकै निगाले भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। दुर्घटनामा नेतृ लामासहित ११ जना सामान्य घाइते भएका छन्।
घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

प्रकाशित: Oct 29, 2023| 17:06 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्