मंगलबार, असार ३०, २०८३

करेन्ट लगाएर माछा मार्न खोज्दा एक जनाको मृत्यु

 |  आइतबार, कात्तिक १२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०

काठमाडौं- ललितपुरको गोदावरी नगरपालिकास्थित कुडकु खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ बस्ने ४० वर्षीय दलबहादुर पहरी रहेका छन्। पहरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

शनिबार दिउँसो दलबहादुरले कुडकु खोलामा करेन्ट लगाई माछा मार्ने प्रयास गरेको उनीसँगै माछा मार्न गएकाहरुले प्रहरीलाई बताएका छन्। सँगै माछा मार्न गएका दुई जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 

प्रकाशित: Oct 29, 2023| 19:41 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्