काठमाडौं- ललितपुरको गोदावरी नगरपालिकास्थित कुडकु खोलामा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ बस्ने ४० वर्षीय दलबहादुर पहरी रहेका छन्। पहरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
शनिबार दिउँसो दलबहादुरले कुडकु खोलामा करेन्ट लगाई माछा मार्ने प्रयास गरेको उनीसँगै माछा मार्न गएकाहरुले प्रहरीलाई बताएका छन्। सँगै माछा मार्न गएका दुई जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।