मंगलबार, असार ३०, २०८३

लागू औषधसहित पर्साबाट एक जना पक्राउ 

 |  आइतबार, कात्तिक १२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०

ठूलो मात्रामा प्रतिबन्धित लागू औषधसहित पर्सा प्रहरीले पोखराका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–६ निवासी ४० वर्षीय रवीन्द्र केसी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

वीरगञ्जबाट हेटौँडातर्फ जाँदै गरेकोग १ ख ९६२६ नं को सार्वजनिक यात्रुबाहक बसलाई वीरगञ्ज महानगरपालिका २१ परवानीपुरमा जाँच गर्ने क्रममा केसीले बसको चालक बस्ने सिटमुनी लुकाइछिपाइ राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध बरामद् भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए। 

पक्राउ परेका साथबाट फेनारगन ३०० एम्पुल, डाईजेपाम–३०० एम्पुल र आइपीपीएल नुरफिन ३०० एम्पुल गरी ९०० एम्पुल लागूऔषध बरामद् भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रकाशित: Oct 29, 2023| 22:41 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्