मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पर्सामा दसैं सुरक्षा: २२ वटा दुर्घटनामा दुई जनाको मृत्यु, ३८ घाइते 

पर्सामा दसैं सुरक्षा: २२ वटा दुर्घटनामा दुई जनाको मृत्यु, ३८ घाइते 

 |  आइतबार, कात्तिक १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०

vianetvianet

पर्सा- पर्सा जिल्लामा दसैं अवधिमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्। यही कात्तिक ४ गतेदेखि कात्तिक ७ गते विजयादशमीको चार दिनको अवधिमा भएको सवारी दुर्घटनामा सो सङ्ख्यामा मानवीय क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए। 
    
सो अवधिमा पर्सा जिल्लामा २३ वटा मोटरसाइकल, सात वटा कार/जीप, दुई वटा ट्रक र दुई वटा साइकल तथा तीन वटा अटो रिक्सा दुर्घटना भएको प्रहरी निरीक्षक खतिवडाले बताए। 

उनका अनुसार सो अवधिमा ट्राफिक नियम उल्लङ्घन गरी चलाएको तीन सय ६२ सवारीसाधनमा कारबाही गरी जरिवानाबापत तीन लाख ५७ हजार राजस्व सङ्कलन भएको छ।   

प्रकाशित: Oct 29, 2023| 21:01 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्