सोमबार, असार २, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघ महासचिव गुटेरेसको भेटवार्ता

प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघ महासचिव गुटेरेसको भेटवार्ता

 |  आइतबार, कात्तिक १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०

vianetvianet

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। मुख्यसचिव वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरेका थिए।

प्रधानमन्त्री दाहालसँग भेट्नुअघि उनले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरे। महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ। त्यस्तै, आज नै ललितपुरस्थित पाटन दरबार क्षेत्र भ्रमणका लागि जानेछन्।

प्रकाशित: Oct 29, 2023| 15:00 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्