शुक्रबार, जेठ २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रसंघका महासचिव गुटेरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

राष्ट्रसंघका महासचिव गुटेरेस र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता

 |  आइतबार, कात्तिक १२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०

शनिबार राति नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र नेपालका परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो।

National life

महासचिव गुटेरेसलाई राति त्रिभुवन  विमानस्थलमा मन्त्री साउदले नै स्वागत गरेका थिए। भ्रमणको पहिलो दिन आज उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्ने छन्।

गुटेरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संघीय संसद् भवन नयाँ बानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यतालिका छ। त्यस्तै उनले उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठसँग पनि भेटवार्ता गर्नेछन्।

महासचिव गुटेरेस पोखरा र लुम्बिनी समेत जाने कार्यक्रम छ।

प्रकाशित: Oct 29, 2023| 13:54 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्