शुक्रबार, जेठ २२, २०८३

ढुंगाले हानेर बुवाको हत्या गर्ने पक्राउ

 |  आइतबार, कात्तिक १२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०
National life
Shivam cement

आफ्नै बुवा ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा कैलालीको जानकी गाउँपालिका- ३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई शनिबर राति प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरको आँगनमा घरायसी बिवादको क्रममा ढुंगाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: Oct 29, 2023| 12:10 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्