शुक्रबार, जेठ २२, २०८३

भारतीले फेरि सुरु गरिन् अनसन

 |  आइतबार, कात्तिक १२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०
National life
Shivam cement

भारती मानन्धरले पुनः रिले अनसन सुरु गरेकी छन्। पतिको हत्या प्रमाणित भएर थुनामा रहेका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा आममाफी दिइएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी मानन्धरले दसैं सकिएलगत्तै माइतीघर मण्डलामा रिले अनसन सुरु गरेकी हुन्।

श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि परिवारले विरोध गर्दै आएका छन्। २०७२ असारमा दुई समूहबीच आपसी विवाद हुँदा बाँके नेपालगञ्जका मानन्धरको हत्या भएको थियो।

प्रकाशित: Oct 29, 2023| 12:05 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्