मंगलबार, असार ३०, २०८३

पुरुषका लागि पनि बन्यो गर्भ निरोधक सुई

 |  आइतबार, कात्तिक १२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०

चिकित्सा जगतमा केही दिनयता इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को एक प्रयोगले निकै चर्चा पाइरहेको छ। कारण- आईसीएमआरले पुरुषका लागि गर्भ निरोधक सुई बनाएको छ।

सात वर्षसम्मको अनुसन्धानपछि आईसीएमआरको सो सुईको क्लिनिकल परीक्षण पूरा भएको बीबीसीले जनाएको छ।

यो सुईले अब प्रयोगको अनुमति पाएको छ। सुईको कुनै साइड इफेक्ट नभएको दाबी आईसीएमआरको छ। यो सुईको नाम रिभर्सिबल इनहिबिशन अफ स्पर्म अन्डर गाइडेन्स राखिएको छ।

क्लिनिकल परीक्षणमा २५ वर्षदेखि ४० वर्षबीचका ३०३ जना स्वस्थ अनि सेक्सुअली एक्टिभ विवाहित पुरुष र तिनका पत्नीलाई समावेश गरिएको थियो। यी जोडीलाई भ्यासेक्टोमी वा स्केल्पल भ्यासेक्टोमीको आवश्यकता थियो। तर भ्यासेक्टोमी नगरी परीक्षणमा सहभागी पुरुषलाई ६० एमजी रिभर्सिबल इनहिबिशन अफ स्पर्म अन्डर गाइडेन्स इन्जेक्ट गरियो।

सुई गर्भ धारण रोक्न ९९‍‍.२ प्रतिशत प्रभावकारी भेटियो। एजुस्पर्मिया अर्थात् स्पर्म निष्कासनमा अवरोध गर्ने मामिलामा भने यो ९७ दशमलव ३ प्रतिशत प्रभावकारी पाइयो। यो गर्भ निरोधको सबैभन्दा प्रभावकारी विकल्प भएको अनि यसको साइड इफेक्ट पनि नरहेको आईसीएमआरले बताएको छ।

एक पटक यो सुई लगाउँदा १३ वर्षसम्म गर्भधारण रोक्न मद्दत मिल्ने बताइएको छ। परीक्षणको नतिजा गएको महिना एन्ड्रोलोजी जर्नलमा प्रकाशित भइसकेको छ।

प्रकाशित: Oct 29, 2023| 11:12 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्