शुक्रबार, जेठ २२, २०८३

मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की

 |  आइतबार, कात्तिक १२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०

भारतीय अर्बपति मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ। बीबीसीका अनुसार रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानीलाई पैसा माग्दै ज्यान मार्ने धम्की आएको हो।

National life

एक अनजान व्यक्तिले इमेलमार्फत मुकेश अम्बानीसँग २० करोड भारू मागेका छन्। पैसा नदिए ज्यान मार्ने धम्की उनलाई दिइएको छ।

ती व्यक्तिले पठाएको इमेलमा भनिएको छ, 'तिमीले हामीलाई २० करोड रूपैयाँ (भारू) नदिए हामी तिम्रो ज्यान लिनेछौं। हामीसँग भारतका एकदमै राम्रा सुटर (गोली हान्ने व्यक्ति) छन्।'

मुकेश अम्बानीलाई यो धम्की अक्टोबर २७ मा शादाब खान नामको व्यक्तिको इमेलबाट आएको बीबीसीले उल्लेख गरेको छ। मुम्बई पुलिसले गामदेवी थानामा आइपिसी धारा ३८७ र ५९६ (२) अन्तर्गत यो मामिला दर्ता गरेको छ।

अम्बानीलाई ज्यान मार्ने धम्की आएको यो पहिलोपटक होइन। गत वर्ष मुम्बई पुलिसले मुकेश अम्बानी र उनको परिवारलाई पनि धम्की दिने व्यक्तिलाई बिहारबाट पक्राउ गरेको थियो। 

Shivam cement

ती व्यक्तिले मुकेश अम्बानीको घर र रिलायन्स फाउन्डेसन अस्पताललाई बमले उडाउने धम्की दिएका थिए। त्यसअघि सन् २०२१ मा अम्बानीको घरनजिकैबाट विस्फोटक पदार्थले भरिएको एउटा एसयुभी गाडी पनि फेला परेको थियो।

प्रकाशित: Oct 29, 2023| 08:28 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्