शुक्रबार, जेठ २२, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • राष्ट्रसंघका महासचिव गुटेरेस काठमाडौंमा, यस्तो छ भ्रमण तालिका

राष्ट्रसंघका महासचिव गुटेरेस काठमाडौंमा, यस्तो छ भ्रमण तालिका

 |  आइतबार, कात्तिक १२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १२, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने औपचारिक भ्रमणमा आइतबार राति नेपाल आएका छन्। 

National life

उनलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

महासचिव गुटेरेसलाई नेपालले विदेशी सरकार प्रमुखको कूटनीतिक हैसियत दिएको छ। महासचिव गुटेरेसले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलसँग औपचारिक वार्ता गर्नेछन्। आज नै उनले राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गर्ने कार्यसूची छ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीसँग संसद् भवन नयाँ बानेश्वरमा भेट गर्नेछन्। भेटवार्तापछि उनी पाटन दरबार क्षेत्रको अवलोकनमा जानेछन्। प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहित रात्रिभोज दिनेछन्। महासचिव सोमबार नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन्।

मंगलबार अपराह्न ४ बजे उनले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। बुधबार उनी नेपालबाट लन्डन जानेछन्।

Shivam cement

प्रकाशित: Oct 29, 2023| 08:11 आइतबार, कात्तिक १२, २०८०
प्रतिक्रिया दिनुहोस्