शुक्रबार, जेठ २२, २०८३

आमाछोरा आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला

 |  शनिबार, कात्तिक ११, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ११, २०८०

मोरङको रतुवामाई नगरपालिकामा आमाछोरा घरभित्र झुण्डिएको अवस्थामा फेला परेका छन्।

National life

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार दिउँसो करिब ४ बजे रतुवामाई नगरपालिका– ६ स्थित किसन हस्दाकी श्रीमति र छोरा घरमै झुण्डिएर मृत अवस्थामा भेटिएका हुन्। 

जस्तापाताको छाना भएको सामान्य घरको भुइँ तल्लामा सलले पासो लगाएर २४ वर्षीया पार्वती मुर्मु र ३ वर्षीय छोरा झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

घरबाहिर रहेका किसनले अपरान्ह घरमा पस्दा दुवैजना झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनीहरुले आफैँ पासो लगाएको वा कसैले घटना गराएको बारेमा थप अनुसन्धान भइरहेको सिजुवा प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 28, 2023| 19:31 शनिबार, कात्तिक ११, २०८०
प्रतिक्रिया दिनुहोस्