शुक्रबार, जेठ २२, २०८३

प्रहरी परिसर काठमाडौंका सिनियर हवल्दार कार्कीको निधन

 |  शनिबार, कात्तिक ११, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ११, २०८०
National life
Shivam cement

जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत वरिष्ठ हवल्दार नारायणबहादुर कार्कीको निधन भएको छ। शुक्रबार राति डयुटी गरिरहेकै बेला एक्कासि उनी ढलेका थिए।

राति नै उनलाई महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।

शनिबार कार्कीको अन्त्येष्टि गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। 'जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यक्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएका उहाँ एक इमानदार, कर्तव्यनिष्ठ एंव कुशल प्रहरी कर्मचारी हुनुहुन्थ्यो। उहाँको असामयिक निधनबाट नेपाल प्रहरी संगठनलाई र जिल्ला प्रहरी परिसर, काठमाडौं परिवारलाई अपूरणीय क्षति पुगेको छ,' परिसरको शोक विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित: Oct 28, 2023| 19:29 शनिबार, कात्तिक ११, २०८०
प्रतिक्रिया दिनुहोस्