काठमाडौं– रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख एवं डीएसपी भीमलाल भट्टराई निलम्बित भएका छन्।
डीएसपी भट्टराईले रक्सी खाएर महिलामाथि अभद्र व्यवहार गरेको उजुरी परेपछि गृह मन्त्रालयले निलम्बन गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले बताए।
प्रहरी मुख्यालय काठमाडौंले उनलाई जिल्ला प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालय पठाएको छ।
डीएसपी भट्टराईलाई यसअघि २०७७ वैशाखमा इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत हुँदा कार्यालयमै मदिरा सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा जिम्मेवारी खोसिएको थियो।