शुक्रबार, जेठ २२, २०८३

अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने कोइराला पक्राउ

अख्तियारको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले कोइरालालाई पक्राउ गरेको हो। 
 |  शनिबार, कात्तिक ११, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ११, २०८०

बाँके–जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एक जनालाई पक्राउ गरेको छ। चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहानगर–२० बस्ने मोहन कोइरालालाई बाँके प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको हो। 

National life

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार विगत केही समयदेखि एक जना व्यक्तिले बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय तथा संघसंस्थामा पुगेर आफू अख्तियारको कर्मचारी हुँ भन्दै ठग्ने र लाभ लिने गरेको सूचनाका आधारमा निजलाई पक्राउ गरिएको बताए।

अख्तियारको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले निगरानी एवं खोजतलास गरी कोइरालालाई पक्राउ गरेको हो। 

प्रवक्ता डाँगीले निज कोइरालालाई हाल हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जानकारी दिँदै उनीबाट कोही व्यक्ति ठगिएको भए जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिन अनुरोध गरिएको बताए।

प्रकाशित: Oct 28, 2023| 11:01 शनिबार, कात्तिक ११, २०८०
प्रतिक्रिया दिनुहोस्