सोमबार, असार २, २०८२

नेपालसहित १२० देश गाजामा युद्धविरामको पक्षमा

 |  शनिबार, कात्तिक ११, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ११, २०८०

vianetvianet

नेपालसहित विश्वका १२० राष्ट्र इजरायल-हमासबीच जारी द्वन्द्वमा तत्काल मानवीय युद्धविरामको पक्षमा देखिएका छन्। संयुक्त राष्ट्र संघीय महासभामा विशेष सत्रमा जोर्डनले ल्याएको तत्काल मानवीय युद्धविरामसम्बन्धी प्रस्तावको पक्षमा नेपालसहित १ सय २० राष्ट्रले मतदान गरेका छन्।

प्रस्तावको विपक्षमा भने इजरायल, अमेरिकासहित १४ देशले मतदान गरेका छन्। भारतसहित ४५ देश तटस्थ रहे। तटस्थ रहने अधिकांश देश अमेरिकाको सैन्य गठनमा रहेका पश्चिमा राष्ट्रहरू छन्। प्रस्तावमा बिनासर्त मानवीय युद्धविरामका साथै अन्तर्राष्ट्रिय मानवीय कानुनको पालनालाई जोड दिइएको छ। प्रस्तावमा बन्धक बनाइएका सबै नागरिकहरूको रिहाइ र गाजामा सबै प्रकारका अत्यावश्यक वस्तुको आपूर्तिमा जोड दिइएको छ। 'तत्काल, भरपर्दो र दियो मानवीय युद्धविराम जसले दुश्मनीलाई समाप्त गर्न सकोस्'भन्ने प्रस्ताव गरिएको छ।

महासभाले पारित गरेको प्रस्ताव मान्य बाध्यकारी नभए पनि इजरायल र हमासबीच जारी द्वन्द्वमा विश्व जनमत कतातर्फ छ भन्ने देखाउने आधार भने हुनेछ। अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणपछि प्यालेस्टाइन भूभाग गाजामा इजरायलले हवाई आक्रमण गर्दै आएको छ। इजरायलले गरेको आक्रमणमा परी ७ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ। त्यसैगरी इजरायलले गाजामा अत्यावश्यक सामग्रीको आपूर्तिमा पनि नाकाबन्दी गरेको छ।

 

प्रकाशित: Oct 28, 2023| 08:48 शनिबार, कात्तिक ११, २०८०
प्रतिक्रिया दिनुहोस्