शुक्रबार, जेठ २२, २०८३

शौचालय जाँदा चिप्लिएर खोलामा खस्दा सेनाका लेसनायकको मृत्यु

 |  शुक्रबार, कात्तिक १०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०
National life
Shivam cement

शौचालय जाने क्रममा चिप्लिएर खोलामा खस्दा दाङमा नेपाली सेनाका लेसनायकको मृत्यु भएको छ। रणसिंह दल गण अर्जुन खोलामा कार्यरत ३० वर्षीय शीतल थापाको अर्जुन खोलामा खस्दा मृत्यु भएको हो। 

लमजुङको मध्यनेपाल नगरपालिका– ९ घर भएका थापा दाङको रणसिंह दल गण घोराहीमा दरबन्दी भई अर्जुनखोलामा कार्यरत थिए। थापा शौचालय जाने क्रममा दुई सय मिटर तल खोलामा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

थापा आर्मीको पोस्टनजिकै रहेको कच्ची शौचालय जाने क्रममा शुक्रबार दिउँसो साढे १२ बजेतिर खोलामा खसेका थिए। 

प्रकाशित: Oct 27, 2023| 21:43 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्