शुक्रबार, जेठ २२, २०८३

मुगुमा एकै परिवारका चार जना मृत भेटिए

छायानाथ रारा नगरपालिका–६ मुन्दुको आफ्नै घरमा आमा २८ वर्षीया श्रीदेवी बोहरा, दुई छोरा र एक छोरीको शव फेला परेको मुगु प्रहरीले जानकारी दिएको हो।
 |  शुक्रबार, कात्तिक १०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०
National life
Shivam cement

काठमाडौं– मुगुको छायानाथ रारा नगरपालिकामा एकै परिवारका चार जना मृत भेटिएका छन्।

छायानाथ रारा नगरपालिका–६ मुन्दुमा आमा २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षका छोरा मनोज बोहरा, अर्का १ वर्षका छोरा रहर बोहरा र ७ वर्षकी छोरी अप्सरा बोहराको शव फेला परेको मुगु प्रहरीले जानकारी दिएको हो।

मृत भेटिएकाको शव आफ्नै घरमा फेला परेको मुगु प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पुष्टि गरे। घटनाबारे गहिरो अध्ययन थालिएको उनको भनाइ छ।

प्रकाशित: Oct 27, 2023| 15:35 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्