बुधबार, भदौ १७, २०८३

टी–२० त्रिदेशीय सिरिज

नेपालले युएईलाई दियो १६३ रनको लक्ष्य

युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १६२ रन जोडेको छ।
 |  शुक्रबार, कात्तिक १०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले युएईलाई १६३ रनको लक्ष्य दिएको छ। युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १६२ रन जोडेको छ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले २९ बलमा ६ चौका र ३ छक्का हिर्काए। उनी तेस्रो विकेटको रुपमा जाहूर खानबाट ७.३ बोल्ड भए।
नेपालले ६ ओभरको पावरप्लेमा १ विकेटको क्षतिमा ६१ रन र  पहिलो १० ओभरमा ३ विकेटको क्षतिमा ९५ जोडेको थियो। 

सिरिजमा नेपालले लिग चरणका चारै खेल जितेर फाइनलमा स्थान पक्का गरेको छ। अर्को सातादेखि काठमाडौंमा सुरु हुने टी–२० विश्वकप छनोटअघि नेपालले युएई र हङकङविरुद्ध टी–२० सिरिज खेलेको हो।

विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा सिंगापुर, मलेसिया र ओमान छन्। नेपालले पहिलो खेल सोमबार सिंगापुरसँग त्रिवि मैदानमै खेल्नेछ।

समूहका दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने दुई टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछन्।

प्रकाशित: Oct 27, 2023| 13:47 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्