शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मनीषाले सार्वजनिक गरिन् पूर्वराजा ज्ञानेन्द्रसँग टीका लगाएका तस्बिर

मनीषाले सार्वजनिक गरिन् पूर्वराजा ज्ञानेन्द्रसँग टीका लगाएका तस्बिर

मनीषाले सामाजिक सञ्जालमार्फत पूर्वराजासँग टीका लगाएका तस्बिर सार्वजनिक गरेकी हुन्।
 |  शुक्रबार, कात्तिक १०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०

काठमाडौं– बलिउड अभिनेत्री मनीषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग टीका लगाएको तस्बिर सार्वजनिक गरेकी छन्। मनीषाले सामाजिक सञ्जालमार्फत पूर्वराजासँग टीका लगाएका तस्बिर सार्वजनिक गरेकी हुन्।

मनीषाले टीका लगाउँदा वाचन गरिने आशीर्वादसहित पूर्वराजाले टीका लगाइदिँदाको आफ्नो तस्बरी ट्वीटरमार्फत सार्वजनिक गरेकी छन्।

मनीषा कांग्रेस संस्थापक बीपी कोइरालाका जेठा छोरा प्रकाशकी छोरी हुन्। मनीषा आफ्नी आमा सुष्मासँग टीका थाप्न निर्मलनिवास पुगेकी थिइन्।

दसैं टीकाको चौथो आज पनि सर्वसाधारणले आफन्त र मान्यजनको हातबाट टीका, जमरा लगाइरहेका छन्। भोलि पूर्णिमादेखि विधिवत् रुपमा दसैं समापन हुन्छ।

प्रकाशित: Oct 27, 2023| 13:10 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्