शुक्रबार, जेठ २२, २०८३

घाँस काट्दा लडेर घाइते भए कलाकार प्रकाश घिमिरे

आज बिहान पोखराको नदीपुरमा घाँस काट्ने क्रममा कलाकार घिमिरे लडेर घाइते भएका हुन्। 
 |  शुक्रबार, कात्तिक १०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०
National life
Shivam cement

काठमाडौं– पोखरालाई कार्यक्षेत्र बनाउँदै आएका कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर घाइते भएका छन्। घाइते कलाकार घिमिरेलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको कास्की प्रहरीले जनाएको छ।

आज बिहान पोखराको नदीपुरमा घाँस काट्ने क्रममा कलाकार घिमिरे लडेर घाइते भएका हुन्। उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए।

पोखराका मेयर धनराज आचार्यले कलाकार घिमिरेको स्वास्थ्योपचारमा विशेष ध्यान दिन अस्पताल प्रशासनसँग आग्रह गरेका छन्। पोखरेलीका तर्फबाट गम्भीर दुर्घटनामा परेका  प्रिय कलाकारको उपचारमा महानगर साथमा रहेको उनको भनाइ छ।

प्रकाशित: Oct 27, 2023| 11:55 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्