शुक्रबार, जेठ २२, २०८३

बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो।
 |  शुक्रबार, कात्तिक १०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०

काठमाडौं– चितवनमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। खैरहनी नगरपालिका–१ बहेरा चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो।

National life

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा९६प ३६३४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको बा३ख २३५४ नम्बरको बसले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका ५ का २३ वर्षीय आनन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

दुर्घटनामा घाइते लामाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ। ठक्कर दिने बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, चितवनको रत्ननगर नगरपालिका–७ बद्रेनीस्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा तीन जना घाइते भएका छन्। 

बद्रेनीबाट हात्तीचोकतर्फ आउँदै गरेको बाप्र०६–००१ प ४७९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१२ का २० वर्षीय समित महतो, मोटरसाइकल पछाडि सवार राप्ती नगरपालिका–६ का २१ वर्षीय विज्ञान चौधरी, सोही ठाउँका २२ वर्षीय रोशन चौधरी घाइते भएका थिए। सख्त घाइते तीनै जनाको उपचार भरतपुरको पुरानो मेडिकल कलेजमा भइरहेको छ।

Shivam cement

प्रकाशित: Oct 27, 2023| 11:10 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्