सोमबार, वैशाख २४, २०८१

त्रिदेशीय टी–२०

नेपाल र युएईबीच फाइनल खेल हुँदै

नेपालले लगातार चार वटा खेल जितिसकेको छ भने युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको छ। 
 |  शुक्रबार, कात्तिक १०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०

काठमाडौं– त्रिदेशीय टी–२० सिरिजअन्तर्गत आज नेपाल र युएईबीच फाइनल खेल हुँदै छ। बिहान ११ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र युएईबीच फाइनल हुन लागेको हो। 

triton college

नेपालले लगातार चार वटा खेल जितिसकेको छ भने युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको छ। गत सोमबार युएईसँग मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपाल ५ विकेटले विजयी बनेको थियो।

१ कात्तिकमा भएको पहिलो खेलमा पनि नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो। नेपालले हङकङलाई पनि २ कात्तिकमा ६ विकेटले र ४ कात्तिकमा ७९ रनले पराजित गरेको थियो।

नेपाल, युएई र हङकङ सम्मिलित तीन देश सम्मिलित खेलमा हङकङ बाहिरिइसकेको छ। युएई र हङकङले एकअर्कासँग एक–एक जित हात पारेका छन्। रन रेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो।

प्रकाशित: Oct 27, 2023| 10:45 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्