शुक्रबार, जेठ २२, २०८३

श्रीमानले चिर्पटले हान्दा श्रीमतीको मृत्यु

मादक पदार्थ सेवन गरेका दाबा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमानले गए राती प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो।
 |  शुक्रबार, कात्तिक १०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०

काठमाडौं– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दाबा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ। मादक पदार्थ सेवन गरेका दाबा र श्रीमतीबीच घरायसी विवाद हुँदा श्रीमानले गए राती प्रहार गरेको चिर्पट लागेर श्रीमतीको मृत्यु भएको हो। 

National life

श्रीमान–श्रीमतीबीच मूलघरमा झगडा भएपछि भागेकी श्रीमती घरदेखि करिब दुई सय मिटर टाढा गोरेटो बाटोमा मृत फेला परेको स्थानीय बासिन्दाले बताए। हत्या गर्ने श्रीमान्लाई गए राती नै खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।

शेर्पा दम्पतीबीच यसअघिदेखि नै सामान्य विवाद हुने गरेको छिमेकीले बताए। बुधबार पनि विवाद भएपछि आफ्नो घर छाडेर मूलघर गएर बसेकी श्रीमतीलाई त्यही पुगेर श्रीमानले चिर्पट प्रहार गरेको प्रत्यक्षदर्शीले बताए। 

मृत श्रीमतीको शव परीक्षणका लागि गए राती नै जिल्ला अस्पतालमा लगिएको थियो । शेर्पा दम्पतीका दुई छोरी छन्। 

यसैबीच जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाकी २६ वर्षीया एलिना मगरको मृत्युु भएको छ।

Shivam cement

दशमीका दिन घाँस काट्ने क्रममा भीरबाट लडेर ज्यान गुमाएकी उनको शव जिल्ला अस्पतालमा लगेर परीक्षण गरेपछि बिहीबार अन्तिम दाहसंस्कारका लागि प्रहरीले आफन्तलाई जिम्मा लगाएको थियो। 

प्रकाशित: Oct 27, 2023| 10:33 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्