नुवाकोट, बेलकोटगढी नगरपालिका-७ बुद्धसिङ घाटस्थित सडकमा बा.४ ख ५७९३ नम्बरको बसले बा प्र.०३-००४ प ९२१५ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५० वर्षीया साबित्र अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारका लागि ट्रमा रिफर गरिएको छ। हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ।
डडेल्धुरा, गन्यापधुरा गाउँपालिका-३ चम्कोटस्थित केआई सिंह राजमार्गमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय राजु देउबाको बुधबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित सडकमा ना.१ क ६०५५ नम्बरको क्रेन अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा क्रेनका सह-चालक पर्सा वीरगंज महानगरपालिका-३० बिश्रामपुर बस्ने १८ वर्षीय बिपिन महत्तोको मृत्यु भएको छ। साथै दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
सर्लाही, ईश्वरपुर नगरपालिका-२ मिँयाखोरस्थित सडकमा बीआर ०६ बीके ५३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय महलाजिम अंसारीको बुधबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको बयलबासस्थित सिद्धि बिनायक अस्पतालमा उपचार भइरहेको छ।