बिहीबार, माघ २२, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • भारतीय दूतावासद्वारा राष्ट्रिय क्रिकेट टिमलाई सामग्री हस्तान्तरण

भारतीय दूतावासद्वारा राष्ट्रिय क्रिकेट टिमलाई सामग्री हस्तान्तरण

 |  शुक्रबार, कात्तिक १०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०

काठमाडौँस्थित भारतीय राजदूतावासले बिहीबार नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई  सरिन स्पोर्टस्बाट खरिद गरिएका २० वटा क्रिकेट ब्याटसहितका व्यावसायिक क्रिकेट सामाग्री हस्तान्तरण गरेको छ।

National life

दूतावासमा आयोजित एक कार्यक्रमबिच  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती सामाग्री नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र संघका सचिव पारस खड्काको उपस्थितिमा कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका हुन्।

दूतावासमा नेपाली राष्ट्रिय क्रिकेट टोली र नेपाल क्रिकेट संघका कार्यकारी सदस्यहरूका लागि स्वागत समारोहको आयोजना गरिएको थियो। उक्त कार्यक्रममाती सामाग्री बी.पी कोइराला भारत–नेपाल फाउन्डेसन र भारत सरकारको स्वामीत्व रहेको सतलज जलविद्युत निगम (एसजेभीएन) का तर्फबाट भारतीय दूतावासले प्रदान गरेको हो। यता नेपाली क्रिकेट टोलीले पनि भारतीय राजदूत श्रीवास्तवलाई टोलीले हस्ताक्षर गरेको जर्सी उपहारस्वरूप प्रदान गरेको थियो।

राजदूत श्रीवास्तवले हालै सम्पन्न एसिया कप र एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीको बेजोड प्रदर्शनको प्रशंसा गरेका थिए। उनले क्रिकेट सामाग्रीको हस्तान्तरणले भारत र नेपालबिचको जनता–जनताबिचको सम्बन्धमा नयाँ आयाम थप्ने बताए। उनले आगामी त्रिदेशीय टी–२० कप फाइनल र यसै महिनाको अन्त्यबाट सुरु हुने आइसीसी टी–२० विश्वकप छनोटका लागि क्रिकेट टोलीलाई शुभकामना दिए।

नेपाल क्रिकेट संघका अध्यक्ष चन्द , संघका सचिव खड्का र नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले भारतीय दूतावास, बी.पी कोइराला भारत–नेपाल फाउन्डेसन र एसजेभीएनलाई धन्यवाद व्यक्त गरेका थिए। क्रिकेट सामाग्रीको हस्तान्तरणसँगै भारतीय दूतावास र नेपाल क्रिकेट संघबिच सहकार्य यात्राको सुरुवात भएको उनीहरुको भनाई थियो ।

Laxmi sunrise bank

भारतीय दूतावासले यसअघि सन् २०१३ मा नेपाल क्रिकेट संघलाई  बस उपलब्ध गराउनुका साथै  बी.पी कोइराला भारत–नेपाल फाउन्डेशनमार्फत नेपाल बहिरा क्रिकेट टोलीलाई सन् २०२३ को अप्रिलदेखि मेसम्म कोलकातामा भएको त्रिदेशीय क्रिकेट टुर्नामेन्टमा सहभागी हुन सहयोग गरेको थियो। 

प्रकाशित: Oct 27, 2023| 07:24 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्