शुक्रबार, जेठ २२, २०८३

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयाघातबाट निधन

 |  शुक्रबार, कात्तिक १०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०
National life
Shivam cement

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको ६८ वर्षको उमेरमा निधन भएको चिनियाँ सञ्चार माध्यमले बताएका छन्। सीसीटीभीका अनुसारप्रधानमन्त्रीबाट हटेपछि सांघाईमा बसिरहेका उनलाई बिहीबार राति हृदयघात भएको थियो।

उनी चिनियाँ कम्युनिस्ट पार्टी सीसीपीको तल्लो तहबाट उठ्दै माथि पुग्ने नेताहरूमा गनिन्छन्। उनलाई कुनै समय चीनको भावी राष्ट्रपतिका रुपमा समेत हेर्ने गरिएको थियो।

२०१३ मा प्रधानमन्त्री बनेका ली करिब १० वर्षसम्म पदमा रहेका थिए। पेकिङ विश्वविद्यालयमा अध्ययन गरेका ली चीनको अर्थ नीतिका सुक्ष्म जानकार थिए।

प्रकाशित: Oct 27, 2023| 07:19 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्