शुक्रबार, जेठ २२, २०८३

सेतीनदी कटान क्षेत्रमा ग्याबिन तटबन्धन निर्माण

 |  शुक्रबार, कात्तिक १०, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक १०, २०८०

तनहुँ- भीमाद नगरपालिकास्थित सेती नदीले कटान गर्दा जोखिममा पारेको बस्ती संरक्षणका लागि ग्याबिन तटबन्धन निर्माण गरिएको छ। नदी कटानका कारण भीमाद बजार क्षेत्रका ३५ घर उच्च जोखिममा परेका थिए। 

National life

करिब दुई सय मिटर दूरीमा तटबन्धन निर्माण गरी बस्ती जोगाउने प्रयास गरिएको हो। पटकपटक गरी उक्त स्थानमा दुई करोडभन्दा बढी लगानी भइसकेको नगरप्रमुख दधिराज सुवेदीले बताए। 

‘दीर्घकालीन व्यवस्थापनका लागि लागत अनुमान तयार गरिएको छ’, उनले भने, ‘रू १७ करोडको लागतमा सेती नदी किनारमा ‘रिटेनिङ वाल’ निर्माणका लागि डिपिआर तयार भएको छ।’ करिब ५० देखि ६० मिटर उचाइमा रिटेनिङ वाल निर्माण गरी जोखिममा रहेका बस्तीलाई संरक्षण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले जानकारी दिए। उक्त स्थानमा रिटेनिङ वाल निर्माण गरी माटोले पुरेर बिहान र बेलुका मानिस हिँड्ने पैदलस्थलका रुपमा निर्माण गर्ने योजना बनाइएको छ। 

सोह्र करोडका पाँच योजना  
भीमाद नगरपालिकामा यस चालु आर्थिक वर्षमा रु १६ करोडका पाँच वटा योजनाको निर्माण अघि बढाइएको छ। सहरी विकास मन्त्रालयले विनियोजन गरेको रु २५ करोड बजेटमा रु १५ करोड ९७ लाखमा ठेक्का सम्झौतापछि निर्माण प्रक्रिया अघि बढाइएको हो। 

ठेक्का सम्झौताअनुरुप जलौदीदेखि मालेबगर जोड्ने करिब दुई दशमलव दुई किमी कालोपत्रका लागि रु पाँच करोड बजेट विनियोजन गरिएको छ। भीमगोफा मोटरमार्गको दुई दशमलव सात किमी दूरीमा स्तरोन्नतिका लागि रु तीन करोड विनियोजन भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए।  

Shivam cement

त्यसैगरी किहुँ मार्गमा एक दहमलव २० किमी ढलान गर्न रु दुई करोड ४४ लाख, शवदाहस्थल निर्माण र प्रवेशद्वार निर्माणार्थ रु दुई करोड विनियोजन भएको छ। भीमाद-६ सेतीनदी किनारमा निर्माण गरिने शवदाहस्थल डेढ वर्षमा सम्पन्न गर्नेगरी सम्झौता भएको नगरप्रमुख सुवेदीले बताए। त्यसैगरी सिद्धगुफामा पर्यटन प्रवर्द्धनका लागि दुई करोड ५० लाख बजेट विनियोजन भएको थियो।   -रासस

प्रकाशित: Oct 27, 2023| 05:42 शुक्रबार, कात्तिक १०, २०८०
प्रतिक्रिया दिनुहोस्