शुक्रबार, जेठ २२, २०८३

पर्यटकीय क्षेत्र बन्दै चितवनको रानीपोखरी

 |  बिहीबार, कात्तिक ९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ९, २०८०

चितवन- भरतपुर महानगरपालिका–१९  स्थित रानीपोखरी पर्यटकीय क्षेत्रका रुपमा विकास हुँदै गएको छ। प्राचीनकालमा निर्माण गरिएको यस पोखरीको संरक्षण र सम्बद्र्धनका लागि सरकारले बजेट विनियोजन समेत गरेको छ।

National life

सघन सहरी विकास कार्यालयले रानीपोखरी उद्यान निर्माण र भौतिक संरचना निर्माणका लागि रु चार करोड ५० लाख र पोखरी जाने सडक निर्माणका लागि रु पाँच करोड बिनियोजन गरेको छ। सडक निर्माणको काम सम्पन्न भइसकेको छ भने उद्यान र भौतिक संरचना निर्माण तीव्र रुपमा अघि बढाइएको छ।

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउँदै छ।  महानगरपालिकाभित्रै रहेको रानीपोखरी भ्रमण वर्षका लागि उपयुक्त गन्तव्य बन्ने देखिएको छ। रानीपोखरीमा विभिन्न जनावरका मूर्ति निर्माण, पोखरीकोबिचमा मन्दिर निर्माण, समाजसेवी र विभिन्न व्यक्तिको ढुङ्गामा कुँदिएको सालिक निर्माण लगायतका काम भइरहेका छन्। 

योसँगै पोखरीको संरक्षणका लागि तारबार लगाउने काम भइरहेको जनाइएको छ। स्थानीय वीरबहादुर नेपालीले भने ‘निर्माणकार्य सम्पन्न हुननसक्दा यसको सरसफाइ र रेखदेखमा समस्या भए जस्तो देखिए पनि निर्माण सम्पन्न हुँदा यो आकर्षक बन्ने छ।’ यस तालमा डुङ्गा चढ्ने, बालबालिकाका लागि नजिकै रहेको उद्यानको रमणीय वातावरणमा भुल्ने हुँदा पर्यटक आउने गर्दछन्। 

तालमा रहेको जलकुम्भीसहितका मिचाहा झार हटाएर यसलाई आकर्षक बनाउन लागिएको उनले बताए। अहिले पनि दैनिक यस तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका उनले बताए। रानीपोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरुङ निर्माणको चरणमा रहेको यस ताल पर्यटकका लागि आकर्षणको केन्द्र विन्दु बन्ने बताए। उनले भने ‘अहिले ताललाई आकर्षक बनाउन लागिएको छ।’

Shivam cement

 उद्यान निर्माण र भौतिक संरचना निर्माणको काम भइरहेको जनाउँदै उहाँले भ्रमणवर्ष अघिनै काम सक्ने गरी निर्माण कम्पनीसँग कुरा भइरहेको उनले बताए। उनका अनुसार मन्दिर निर्माण, तालको आकर्षणको रुपमा विभिन्न जनावरको मूर्ति निर्माण तथा पेटी निर्माणकार्य भइरहेको छ। उनले भने ‘निर्माण सम्पन्न हुँदा पर्यटकका लागि रमणीय र मनमोहकस्थलको रुपमा यसलाई विकास गर्न लागिएको छ। 

भ्रमण वर्षमा यहाँको काम सम्पन्न हुनसके आएका पर्यटकलाई केही समय भए पनि रमणीयस्थलको अवलोकन गराउन सकिने गरी काम अघि बढाउन भनेका छौँ।’

प्रकाशित: Oct 26, 2023| 23:02 बिहीबार, कात्तिक ९, २०८०
प्रतिक्रिया दिनुहोस्